काठमाडौँ महानगरभित्र सूर्तीजन्य वस्तु बिक्री र प्रयोग पूर्ण निषेध

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मंगलबार स्वास्थ्य विभागले जारी गरेको सार्वजनिक सूचनामा यस सम्बन्धी जानकारी दिएको छ ।

सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको भेट्टाए नगर प्रहरीले जफत गर्ने, प्रयोग गरेको देखे नियन्त्रणमा लिएर कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०८० मंसिर १३ गते, बिहान ६:०६ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *