नेपाल स्वास्थ्य डटकम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनबमोजिम समायोजन भएका कर्मचारीलाई हाजिर गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ । मन्त्रालयले परिपत्र गर्दै यस्तो अनुरोध गरेको हो ।
केही स्थानीय तहले समायोजन मिलान भई कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई विभिन्न बहानामा फिर्ता पठाउने, हाजिर नगराउने गरेपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।

प्रकाशित मितिः २०८० श्रावण ८ गते, दिउँसो १२:४७ बजे

