नेपाल स्वास्थ्य डटकम,
धौलागिरी अस्पताल बाग्लुङमा मेरुदण्डको सफल शल्यक्रिया भएको छ । मेरुदण्डको हड्डी भाच्चिएको ५२ वर्षीय पुरुषको सफल शल्यक्रिया गरिएको हो । कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. विनित ढकाल, डा. समिर लामिछाने, डा प्रमेश थापा र न्यूरो सर्जन डा. राजन शर्मा एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगाना र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई लगायतको टिमले सफल शल्यक्रिया सम्पन्न गरेको हो ।
अस्पतालमा मेरुदण्डको शल्यक्रिया लगायत अन्य जटिल शल्यक्रियाहरु जस्तैस् जोर्नी प्रत्यारोपण, कम्मरको हड्डी भाँचिएको शल्यक्रिया लगायतका अन्य शल्यक्रिया पनि हुने अस्पतालले जनाएको छ ।
प्रकाशित मितिः २०८० जेठ ११, बिहान १०ः३० बजे

